काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सात अर्ब ७२ करोड रुपैँया विनियोजन गरेको छ ।
बिहीबार आर्थिक वर्ष २०८२/८३ लागि बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त कुरा बताएका हुन् । कृतिम बौद्धिकता र मेसिन लर्निङको अनुसन्धान, प्रयोग र विस्तारका लागि निजी क्षेत्रसँगको सहकार्यमा एआई सेन्टर स्थापना हुने भएको छ ।
सरकारले एकिकृत डाटा व्यवस्थापन केन्द्रको क्षमता बढाउने योजना बजेटमा समावेश गरेको छ । त्यसैगरि सुचना प्रविधी क्षेत्रको निर्यात प्रवर्धन गर्न नीतिगत व्यवस्थापन गरिने भएको छ ।
त्यसैगरि मोवाईलको अवैध आयात रोक्न आइएमइआइ दर्ता प्रभावकारी रुपमा लागू हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्