दिवा खाजाको लागि १० अर्ब १९ करोड विनियोजन


काठमाडौं । सरकारले दिवा खाजाका लागि १० अर्ब १९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कक्षा ५ सम्मका विद्यार्थीलाई उपलब्ध गराइने विद्यार्थीको दिवा खाजाको रकम वृद्धि गरी रु १० अर्ब १९ करोड विनियोजन गरिएको बताए ।

यसबाट २८ लाख विद्यार्थी लाभान्वित हुने सरकारको विश्वास छ ।