काठमाडौं । सरकारले स्नातक तह उत्तिर्ण विद्यार्थीलाई स्वयंसेवक शिक्षकको रुपमा परिचालन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शिक्षक अभाव हुन नदिन स्थात उत्तिण विद्यार्थीलाई परिचालन गरिने बताएका हुन् ।
उनले अंग्रेजी, विज्ञान र गणित विषयको शिक्षक अभाव हुन नदिन विश्वविद्यालयका सहकार्यमा शिक्षक बैंकको स्थापना गरिने बताए ।
सरकारले शिक्षा क्षेत्रका सशर्त अनुदानका कार्यक्रमलाई क्रमशः वित्तीय समानीकरण अनुदानमा रुपान्तरण गर्ने भएको छ । माध्यमिक शिक्षा परीक्षा को सञ्चालन तथा व्यवस्थापन प्रदेश तहबाट गर्ने व्यवस्था मिलाइने अर्थमन्त्री पौडेलले बताए ।
सरकारले स्नातक तह उत्तीर्ण विद्यार्थीलाई स्वयंसेवक शिक्षकको भूमिकामा परिचालन गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्