काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई एक खर्ब ५२ अर्ब विनियोजन गरेको छ ।
बिहीबार आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त कुरा बताएका हुन् । त्यसैगरि आगामी आर्थिक वर्षमा नागढुङ्गा, सिद्धबाबा र तराई मधेश द्रुत मार्गमा पर्ने तीनवटा सुरुङ मार्गको निर्माण पुरा गर्ने अर्थमन्त्री पौडेलले बताए ।
राष्ट्रिय गौरवका र प्रमुख सडकको ८५० किलिमिटर सडक कालोपत्र तथा १७१ सडक पुलको निर्माण गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्