सिक्टा र वृहत दाङ सिञ्चाई आयोजनालाई ८ अर्ब विनियोजन


काठमाडौं । सरकारले सिक्टा सिञ्चाई र वृहत दाङ सिञ्चाई परियोजनाका लागि ८ अर्ब रुपैयाँ बजेट घोषणा गरेको छ ।

सरकारले आगामी आर्थिक वर्षमा दुई सिँचाई परियोजनाका लागि ८ अर्ब रुपैयाँ विनियोजना अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।

सरकारले भेरी बबई डाइभर्सन आयोजनाको हेडवर्क र पावर हाउस निर्माण कार्य २ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ। यसका लागि २ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ ।

अर्थमन्त्री पौडेलले सिञ्चाई प्रर्णालीको मर्मतमा १ अर्ब ८२ करोड विनियोजन गरिएको बताएका छन् ।