४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको प्रयाेग गर्न नपाइने


काठमाडाैँ । सरकारले प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदुषण न्युनिकरण गर्न ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा २०८२ मंसिर १ गतेदेखि लागू हुने गरी रोक लगाउने भएको छ । 

आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । उनकाअनुसार हाल सञ्चालित उद्योगमा यसअनुरुपको गुणस्तर वृद्धि गर्न दायि प्रतिष्थापनका लागि पुँजीगत अनुदान दिने व्यवस्था मिलाइएको छ ।

पग्लिँदै गरेका हिमाल, सुक्दै गएका हिमनदी, समग्र इकोसिस्टममा परेको प्रतिकुल प्रभावलाई दृष्टिगत गरी वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गर्ने बताए। जलवायु न्यायको सिद्धान्तअनुरुप नेपालको हित संरक्षणका लागि अन्तर्राष्ट्रिय मञ्चहरुमा पैरवी गर्ने बताए । जलवायु कोषहरुमा वित्तीय कोष अभिवृद्धि गर्ने बताए ।