काठमाडौं । सरकारले खेलकुदका लागि ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विभिन्न खेलका लागि रंगशाला निर्माण तथा खेलकुद आयोजनाका लागि ६ अर्ब ८ करोड बजेट विनियोजन गरेको बताएका हुन् ।
अर्थमन्त्री पौडेलले झापाको दमकमा सबै खेल आयोजना गर्न सकिने अन्तर्राष्ट्रिय स्तरको आधुनिक रंगशाला निर्माण गरिने बताए ।
सरकारले आगमी आर्थिक वर्षमा सोलुखुम्बु, मुस्ताङलगायतका हिमाली क्षेत्रमा हाइ अल्टिड्युड स्पोर्ट्स स्टेडिय निर्माण गर्ने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री पौडेलले बताए ।
उनले क्रिकेट खेलको लागि अर्को मुलपानी क्रिकेट रंगशाला, फाप्ला क्रिकेट रंगशाला, सिद्धार्थ क्रिकेट रंगशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानको स्तरोन्नतिका लागि कुल ४२ करोड विनियोजन गरेको बताए ।
सरकारले सुर्खेतमा १०औं राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि ५४ करोड विनियोजन गरेको अर्थमन्त्री पौडेलले बताए।
प्रतिक्रिया दिनुहोस्