शहरी विकास मन्त्रालयका लागि १ खर्ब १८ अर्ब ३४ करोड बजेट विनियोजन


काठमाडाैँ । शहरी विकास मन्त्रालयका लागि १ खर्ब १८ अर्ब ३४ करोड बजेट विनियोजन गरिएको छ ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।

उनकाअनुसार जनता आवास कार्यक्रमअन्तर्गत एक हजार घर निर्माण र सुरक्षत नागरिक आवास अन्तर्गत ५ हजार घरको फुसको छानो विस्थापन गर्न ७५ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

आगामी आर्थिक वर्षमा ७ सय २७ किलोमिटर शहरी तथा ग्रामिण सडक कालोपत्रे तथा स्तरोन्नति ४६ स्थानीय सडक पुल, २ सय झोलुंगेपुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको बताउनु भयो । नगर विकास कोषको पुनःसंरचना गरी लगानी क्षमता अभिवृद्धि गर्ने बताए ।