काठमाडाैँ । सरकारले विपद्को पूर्वसूचना प्रणाली विकास गरी क्षति न्युनिकरण गर्ने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन् । उनकाअनुसार सरकारले विपद् व्यवस्थापन तथा प्रतिकार्यमा संलग्न हुने जनशक्तिको क्षमता विकास र सुरक्षित प्रविधिको अवलम्वनमा जोड दिइनेछ ।
भू–कम्प र मनसुनजन्य विपद्बाट क्षति भएका निजी आवास, विद्यालय, सार्वजनिक पूर्वाधार, पुरातात्विक एवं सांस्कृतिक सम्पदाको पुनर्निर्माण गरिने बताए । यसका लागि १८ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्