अटो क्षेत्रको विकासमा बजेटले सकारात्मक प्रभाव पार्ने अपेक्षा छः अध्यक्ष चौधरी


काठमाडौँ ।नाडा अटाेमाेबाइल्स एसाेसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो क्षेत्रको विकासमा बजेटले उल्लेखनीय प्रभाव पार्ने अपेक्षा गरिएको बताएका छन् ।

आज संसद्मा प्रस्तुत भएकाे आर्थिक वर्ष २०८२/८३ को बजेटबारे समाजिक सञ्जालमा लेख्दै चौधेरीले अटोमोबाइल तथा सम्पूर्ण व्यवसायिक क्षेत्रको दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण रहको बताएका हुन्।

बजेट अवलोकन गर्ने अवसर पाएकोमा आफू गौरवान्वित भएको उल्लेख गर्दै अध्यक्ष चौधरीले यस वर्षको बजेटले नेपालको अटो उद्योगको वृद्धि र विकासमा उल्लेखनीय प्रभाव पार्ने अपेक्षा व्यक्त गरे।

उनले अटोमोबाइल क्षेत्र हाल विभिन्न चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै, तिनको समाधान र उद्योगलाई सकारात्मक तथा दिगो मार्गतर्फ लैजान सरकारसमक्ष विविध सुझावहरू प्रस्तुत गरिएको जानकारी गराए।