काठमाडौं । सरकारले ‘लोकल करेन्सी लिंक्ड वण्ड’ जारी गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले लोकल करेन्सी लिंक्ड वण्ड जारी गरेर अन्तर्राष्ट्रिय बजारबाट पुँजी भित्र्याउने बताएका छन् ।
सरकारले ग्रीन ट्याक्सोनोमी अवधाराणा अनुरूप हरित तथा दिगो विकास वण्डको माध्यामबाट निजी पुँजी परिचालन गर्न आवश्यक नीतिगत तथा संरचनागत व्यवस्था मिलाउने. भएको छ ।
सरकारले धितापत्र बजारमा सूचीकृत लगानी कम्पनी र अन्य संस्थागत लगानीकर्तालाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको स्वः पुँजी, ऋणपत्र र अन्य धितोपत्रमा लगानी गर्न सहजीकरण गर्ने भएको छ ।
कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले प्राइभेट इक्यिुटी र भेन्चर्स क्यापिटलमा लगानी गर्न सक्ने गरी कानुनी व्यवस्था मिलाइने अर्थमन्त्री पौडेलले बताए ।
सरकारले आगामी आर्थिक वर्षमा विगतका वर्षहरुमा जस्तै धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको संस्थागत क्षमता सुदृढ गर्ने विषयलाई निरन्तारता दिएको छ ।
अर्थमन्त्री पौडेलले भने, “बजेट सार्वजनिक गर्दै पुँजीबजारमा नागरिकको लगानी तथा हित संरक्षणको लागि नेपाल धितोपत्र बोर्डको संस्थागत क्षमता वृद्धि गर्ने, नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरी संस्थागत क्षमता अभिवृद्धि गरिनेछ ।”
।
त्यस्तै सरकारले गैर आवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार गर्न अनुमति दिने विषयलाई पनि निरन्तरता दिएको छ ।
प्रतिक्रिया दिनुहोस्