काठमाडाैँ । सरकारले राष्ट्रिय आर्थिक गणना गर्ने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन् ।
उनकाअनुसार राष्ट्रिय आर्थिक गणना, २०८२ सम्पन्न गरिनेछ । राष्ट्रिय लेखाको आधार वर्ष परिवर्तन गर्ने र सङ्घ, प्रदेश र स्थानीय तहको तथ्याङ्कीय प्रोफाइल तयार गर्ने बताए ।
नेपालको संविधानले व्यवस्था गरेको अधिकारसूची, कार्य विस्तृतीकरण प्रतिवेदन र आयोजना मापदण्डअनुरूप सङ्घ, प्रदेश र स्थानीय तहबिच आयोजनाको दोहोरोपना हुन नदिन एकीकृत राष्ट्रिय आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा ल्याइनेछ जानकारी दिए ।
प्राकृतिक स्रोतको संरक्षण र दिगो उपयोगका लागि तहगत सरकारकाबीच समन्वय र सहकार्य गरिने बताए । आयोजना बैंक, मध्यमकालीन खर्च संरचना र मन्त्रालयगत बजेट सूचना प्रणालीबीच अन्तर–आवद्धता कायम गरिने बताए ।
प्रतिक्रिया दिनुहोस्