स्टार्टअप उद्यमीको लागि ३ प्रतिशत ब्याजदरमा ऋण


काठमाडौँ । सरकारले स्टार्टअप उद्यमीको लागि ३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ ।

आर्थिंक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेटमा स्टार्टअप उद्यमीलाई सीप विकास, व्यवसाय विस्तार, बजारीकरण र मूल्य श्रृंखलामा आवद्ध गर्न सहुलियतपूर्ण कर्जा कार्यक्रम विस्तार गरिएको हो ।

यसका लागि सरकारले ३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन ७३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सरकारले काम खोज्ने होइन, काम दिने युवाको संख्या वृद्धि गर्न नवप्रवर्तनमा आधारित स्टार्टअप उद्यमशीलता प्रवद्र्धन गर्ने जनाएको हो ।

जेन जी पुस्तालाई उद्यमशील र व्यावसायिक बनाउन सरकार, विश्वविद्यालय र निजी क्षेत्रसँगको सहकार्यमा इन्कुवेश सेन्टर सञ्चालन गरिने भएको हो ।