नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बजेटमा रकम बिनाका शिर्षक राखिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बजेटमा केही पपुलिस्ट कुराहरू पनि आएको बताएका हुन्। उनले धेरै कुराहरू अव्यवहारिक रहेको गुनासो गरे ।
प्राथमिकता दिन खोजेका कुराहरू राम्रोसँग प्राथमिकता नदिएको बताए । रोजागारी सिर्जना गर्ने कुरामा ध्यान नदिइएको आरोप लगाए ।वरिष्ठ उपाध्यक्ष पाण्डेले बजेटको कार्यान्वयन चुनौतिपूर्ण रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्