काठमाडौँ । सरकारले विशेष आर्थिक क्षेत्रको भाडादर घटाउने भएको छ ।
आर्थिंक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेटमा विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रति वर्ग मिटर ५ रुपैयाँ कायम गरिने भएको हो । यसअघि प्रति वर्ग मिटर २० रुपैयाँ भाडादर रहेको थियो ।
विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा नयाँ उद्योगमा स्थापना गर्ने अनुमति प्राप्त उद्योगलाई सुरुका तीन वर्षको भाडा छुट दिने भएको छ ।
यस्तै, औद्योगिक क्षेत्रका उद्योगले उत्पादनको तीस प्रतिशतभन्दा बढी निर्यात गरेमा विशेष आर्थिक क्षेत्रका उद्योग सरहको सुविधा सरकारले दिने उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्