काठमाडाैँ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेट सन्तुलित र यथार्थमा आधारित रहेको प्रतिक्रिया दिएका छन् ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीवार संसद्मा पेश गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे प्रतिक्रिया दिँदै प्रमुख सचेतक बर्तौलाले बजेटले मुलुकको वर्तमान आर्थिक अवस्थालाई सम्बोधन गर्ने प्रयास गरेको बताएका हुन्।
उनले बजेटले उत्पादनलाई प्रोत्साहन र नयाँ पुस्तालाई नवप्रवर्तनतर्फ आकर्षित गर्न खोजेको पनि बताए । उनले सरकारले वितरणमुखी बजेटको परम्पराबाट बहिर्गमन गर्दै लगानीको प्रतिफल सुनिश्चित हुने योजनामा केन्द्रित गरी बजेट ल्याएको बर्तौला जिकिर गरे ।अगामी आर्थिक वर्षको बजेटले मुलुकमा आर्थिक समृद्धि तय गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्