काठमाडौँ । संघीय अपील अदालतले अन्तर्राष्ट्रिय व्यापार अदालतको बुधबार रातिको निर्णयलाई रोक लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राहत मिलेको छ ।
अन्तर्राष्ट्रिय व्यापार अदालतले भन्सार सम्बन्धी दरहरू(ट्यारिफहरू)लाई रोक लगाउने निर्णय गरेको थियो ।
संयुक्त राज्य अमेरिका संघीय सर्किटको अपील अदालतको निर्णयले ट्रम्पलाई यस वर्षको सुरुमा घोषणा गरिएको आपतकालीन शक्तिको प्रयोग गरेर ट्यारिफ लगाउने अधिकार पुनः प्रदान गरेको छ ।
अदालतले दुबै पक्षलाई ट्यारिफका विषयमा लिखित जवाफ पेश गर्न आदेश दिएको सिएनएनले जनाएको छ ।
अन्तर्राष्ट्रिय व्यापार अदालतले बुधबार निर्णय सुनाउँदै ट्रम्पसँग अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्तिहरू ऐन (International Emergency Economic Powers Act) अन्तर्गत व्यापक ट्यारिफ लगाउने अधिकार नभएको ठहर गरेको थियो ।
व्यापार अदालतको निर्णय विरुद्ध ट्रम्प प्रशासनले तुरुन्तै अपील दायर गरेको थियो । अपिलमाथी सुनुवाई गर्दै २४ घण्टा नपुग्दै राष्ट्रपति ट्रम्पलाई राहत हुने आदेश आएको हो ।
प्रतिक्रिया दिनुहोस्