‘डिशहोम इन्टरनेट’को ब्रान्ड एम्बेस्डरमा अभिनेत्री दिव्या रायमाझी


काठमाडौँ । इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले अभिनेत्री दिव्या रायमाझीलाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ ।

सम्झौतामा डिसहोम इन्टरनेटको तर्फबाट मुख्य बजार अधिकृत संजयप्रसाद राजभण्डारी र दिव्या रायमाझीले हस्ताक्षर गरेका छन् ।

चलचित्र क्षेत्रको नयाँ पुस्ताबाट उदाउँदै गरेकी रायमाझीको छवि,युवामाझको लोकप्रियता र डिजिटल यात्राप्रतिको सरोकारका कारण अभिनेत्री रायमाझीलाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको कम्पनीले जनाएको छ ।

डिशहोमले भनेको छ,“हामी डिजिटल कनेक्टिभिटीलाई केवल प्रविधिमा सीमित नगरी, यो पुस्ताको प्रेरणासँग पनि जोड्ने प्रयासमा छौँ । दिव्या रायमाझी युवाको आवाज, आत्मविश्वास र डिजिटल भविष्यको प्रतीक हुन । उनीसँगको सहकार्यले हामीलाई नयाँ पुस्तासँग अझ सशक्त रुपमा जोड्न मद्दत पुर्‍याउने छ ।”

ब्रान्ड एम्बेसडर बनेपछि रायमाझीले डिशहोम ईन्टरनेट जस्तो द्रुत गतिमा अगाडि बढिरहेको ब्रान्डको प्रतिनिधित्व गर्न पाउनु आफ्नो लागि गौरबको विषय भएको बताइन् ।

उनले भनिन्,“यो सहकार्य केवल एउटा ब्रान्डसँगको सम्बन्ध मात्र होइन, लाखौं नेपालीसँगको डिजिटल यात्राको सुरुवात पनि हो ।”

डिशहोम इन्टरनेटले हाल ३ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई उच्चगतिको इन्टरनेट सेवा दिइरहेको छ र ‘माई डिशहोम मोबाइल एप’मार्फत ग्राहक सेवालाई थप स्मार्ट र सहज बनाएको जनाएको छ ।

अभिनेत्री रायमाझीसँगको सहकार्यले युवा पुस्तासँगको सम्बन्ध अझ सुदृढ गर्ने र डिजिटल कनेक्टिभिटीलाई जनस्तरसम्म पुर्‍याउने दीर्घकालीन लक्ष्यलाई मजबुत बनाउन डिशहोम इन्टरनेटको उद्देश्य पुरा हुने कम्पनीले विश्वास लिएको छ ।