जेठ १८ गते काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक विदा


काठमाडौँ । सरकारले जेठ १८ गते आइतबार काठमाडौँका तीन जिल्लामा सार्वजनिक विदा दिएको छ ।

नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्सेयेन्द्रनाथको भोटो देखाउने दिन जेठ १८ गते बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको विज्ञप्तिमा ‘मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौँ उपत्यकाका ३ जिल्लाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा उक्त जात्राको अवसरमा मिति २०८२ साल जेठ १८ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको’ उल्लेख छ ।