अर्थमन्त्री पौडेलले भनेः बजेट कान पवित्र बनाउन मात्र होइन, पूर्ण कार्यान्वयनका लागि ल्याइएको हो


काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट कान पवित्र बनाउनका लागि नभएर पूर्ण रूपमा कार्यान्वयन गर्ने उद्देश्यका साथ ल्याइएको बताएका छन्।

आर्थिक वर्ष २०८२र/८३ को बजेटबारे आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले आजबाट बजेट कार्यान्वयनमा जाने भएकाले अब बजेटमा प्रस्तावित खरिद प्रक्रिया अघि बढाउन सकिने बताएका हुन्।

उनका अनुसार बजेटको आकार सीमित भए पनि राजस्व लक्ष्य उठाउने सम्भावना रहेको छ। अर्थमन्त्री पौडेलले ३ करोडभन्दा माथिका आयोजनामा मात्र बजेट विनियोजन गरिएको उल्लेख गर्दै त्यसका आधारमा खर्च गर्न निर्देशन दिइएको जानकारी दिए। “विनियोजनको प्रश्न उठ्नै नपर्ने गरी बजेट निर्माण गरिएको हो,” उनले थपे।

योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले आजैदेखि बजेट कार्यान्वयन सुरू भइसकेकाले आजदेखि नैमन्त्रालयगत रूपमा त्यसको प्रक्रिया अघि बढ्ने जानकारी दिए।

उनका अनुसार यो बजेटले निजी क्षेत्रलाई प्रोत्साहन दिने खालको रहेको छ। यता नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकसँग सम्बन्धित विषयमा आवश्यक कदम राष्ट्र बैंकले उठाउने बताए।