काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले युवाहरूलाई आफ्नै देशमा सम्भावना खोज्न आग्रह गरेका छन् ।
शुक्रवारदेखि काठमाडौँमा सुरू भएको नेपाल जेसीज युवा समिट तथा नेपाल जेसिज क्षेत्र ‘ग’ सम्मेलन २०८२ उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष ढकालले नेपाल सम्भावना नै सम्भावनाको देश रहेकोले यहाँ केही छैन भन्ने भाष्य परिवर्तन गर्नु पर्नेमा जोड दिएका हुन् ।
अध्यक्ष ढकालले हातमा सीप भएका र केही गर्छु भन्ने जाँगर भएका हरुलाई लगानीको लागि बैंक तथा वित्तीय संस्थाहरू र अन्य सहकार्यका लागि साझेदारहरू रहेको बताए।
युवा शक्ति देशको मेरुदण्ड भएको र नेपालको कुल जनसंख्याको ठूलो हिस्सा ओगट्ने १८ देखि ४० वर्ष उमेर समूहका युवाहरू ऊर्जा, जोश, सिर्जनशीलता र नवीन सोचले भरिपूर्ण रहेकोले जेसीजले युवाहरूलाई नेतृत्व, व्यक्तित्व विकाससँगसँगै उद्यमशीलताको क्षेत्रमा पनि अगाडी बढाउँदै लैजानु पर्ने बताए ।
उनले युवाहरूको नेतृत्व विकास तथा सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्ने नेपाल जेसीजको प्रयास अत्यन्त प्रशंसनीय रहेको उल्लेख गर्द नवप्रवर्तन, उद्यमशीलतामार्फत नेपाललाई समृद्ध, आत्मनिर्भर र गतिशील राष्ट्र बनाउन दिशामा काम गर्न युवाहरूलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्