काठमाडौँ । नेपालको रियालिटी शो ‘हिमालय रोडिज’ को सातौं सिजनका लागि यामाहा नेपालले पुनः टाइटल स्पोन्सरको रूपमा साझेदारी गर्ने घोषणा गरेको छ। ‘हेल अर हेभन’ भन्ने नयाँ र रोमाञ्चक थिमसहित फर्किएको यो सिजनले दर्शकलाई जीवनका कठोर विकल्प र यात्राको गहिरो अनुभूति गराउने बताइएको छ।
यो यामाहा नेपालको शोमा लगातार छैटौं वर्षको सहभागिता हो, जसले कम्पनी र युवापुस्ताबीचको गहिरो सम्बन्ध र साहसिक भावनालाई पुनः पुष्टि गरेको छ।
हिमालय टिभीमा साप्ताहिक रूपमा प्रसारण हुने ‘हिमालय रोडिज’ अन्तर्राष्ट्रिय शो एमटीभी रोडिजबाट प्रेरित नेपालको सबैभन्दा चर्चित रियालिटी शो रहेकाे कम्पनीकाे दाबी छ । कम्पनीका अनुसार शोमा सहभागीहरूले नेपालको विविध भौगोलिक परिवेशमा शारीरिक तथा मानसिक चुनौतीहरूको सामना गर्नु पर्ने हुन्छ।
एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले भने, “यामाहा र रोडिजको साझा डीएनए छ । दुबै सीमाना तोड्ने, साहसिक निर्णय लिने र आफ्नै बाटो बनाउने विचारमा आधारित छन्। ‘हेल अर हेभन’ थिमले जीवन र यात्रामा लिने विकल्पहरूको अर्थ उजागर गर्छ। हामी फेरि यो प्रेरणादायी सहकार्यमा सहभागी हुन पाउँदा गर्व गर्छौं।”
एमएडब्ल्यू अन्तर्गत सञ्चालित यामाहा नेपालले प्रविधिमा नवीनता, इन्जिनियरिङ सटीकता र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै आएको छ। कम्पनीले अझ सुरक्षित, शक्तिशाली र रोमाञ्चक राइडिङ संस्कृतिको निर्माणमा योगदान दिँदै आइरहेको छ।
प्रतिक्रिया दिनुहोस्