मुलधारका सञ्चारमाध्यमहरूले राजनीतिमा निर्णायक भुमिका खेल्न सक्नुपर्छः मन्त्री पन्त


काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले मुलधारका सञ्चारमाध्यमहरूले राजनीतिमा निर्णायक भूमिका खेल्न सक्नुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित ‘नेपाली पत्रकारिताको इतिहासस् छापादेखि डिजिटलसम्म’ पुस्तक लोकार्पण तथा सम्पादक संवाद कार्यक्रममा बोल्दै मन्त्री पन्तले यस्तो बताएका हुन्।

पछिल्लो समय मिडिया र सम्पादकहरूले राजनीतिमा निर्णायक भुमिका खेल्न नसकेको उनको भनाइ छ । मन्त्री पन्तले भारतीय युट्युबरहरुको उदाहरण दिँदै नयाँ मिडियाले समाचार, विश्लेषण र व्यङ्ग्यलाई संयोजन गरेर जनमानसमा प्रभावकारी उपस्थिति जनाइरहेको उल्लेख गरे ।

उनले पत्रकारितामा न्यु मिडियाको प्रभाव बढेकै कारण नेपालमा नयाँ राजनीतिक शक्तिहरूको उदय भएको समेत जिकिर गरे । मुलधारका मिडियाहरूले आफूलाई समयसापेक्ष  अगाडि बढाउने र तथ्य र तथ्याङ्कमा टेकेर अगाडि बढ्न आवश्यक रहेको बताए ।

मुलुकको लोकतान्त्रिक व्यवस्था सुदृढ गर्न सञ्चारमाध्यमहरूको महत्वपूर्ण भुमिका रहेको मन्त्री पन्तको भनाइ छ ।