काठमाडौँ । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, बुटवल शाखाले आर्थिक अनुशासन र समृद्धिका लागि लक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
लघुवित्तबाट ऋण लिने व्यक्तिहरूमा उत्पन्न भइरहेका भ्रम र गलत धारणालाई चिर्दै आर्थिक सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा नायव कार्यकारी प्रमुख दिपक पाण्डेले वित्तीय अनुशासनमा रहेर कार्य गर्ने हो भने लघुवित्तले ग्रामिण क्षेत्रमा आर्थिक विकासमा ठुलो योगदान पुर्याउन सक्ने बताए ।
उनले ग्रामिण क्षेत्रमा आत्मनिर्भरता विकास गर्न आफ्नै आवश्यकता अनुसार तरकारी तथा अन्य वस्तु उत्पादन गर्ने बानी बसाल्नुपर्नेमा जोड दिए । साथै, लिएको ऋण तिर्न नपर्ने भन्ने गलत मानसिकता त्यागेर उत्पादनशील क्षेत्रमा लगानी गरेर समयमा ऋण तिर्ने बानी विकास गर्न आवश्यक रहेको उनको भनाइ थियो।
कर्जा लगानी तथा असुली विभाग प्रमुख मोतिराम अधिकारीले हालसम्म १ करोडभन्दा बढी जनसंख्या लघुवित्त सेवाबाट लाभान्वित भइसकेको जानकारी दिनुभयो। उहाँले लघुवित्तमा जम्मा हुने रकम आम जनताको भएकोले त्यसको सदुपयोग गर्दै आफ्नै आर्थिक अवस्था सुधार गर्नुपर्नेमा जोड दिए ।
१०० भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा ऋण प्रवाह, लघुवित्तीय नीति, कर्जा तिर्ने कानुनी प्रावधानलगायत विषयमा अन्तरक्रिया तथा प्रशिक्षण समेत गरिएको थियो। कार्यक्रममा जनशक्ति व्यवस्थापन तथा तालिम विभाग प्रमुख खगेन्द्र प्रसाद अर्यालले कर्जा लिने प्रक्रिया र कानुनी पक्षबारे सहजीकरण गरे
कार्यक्रमको सञ्चालन उपप्रबन्धक मधुसुदन पोख्रेलले गरेका थिए । सहभागीहरूले कार्यक्रमबाट वित्तीय साक्षरता, बचतको महत्त्व, कर्जाको सदुपयोग, र आर्थिक अनुशासनका विषयमा उपयोगी ज्ञान प्राप्त गरेको प्रतिक्रिया दिएका छन्।
प्रतिक्रिया दिनुहोस्