निजी क्षेत्रको मनोबल उकास्ने बजेट आएको छः पूर्व अध्यक्ष अग्रवाल


काठमाडौँ । नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष विष्णु अग्रवालले नयाँ बजेट स्वागतयोग्य रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा उनले निजी क्षेत्रको मनोबल उकास्ने खालको बजेट आएकाले स्वातगत योग्य रहेको बताए । लगानी आकर्षण गर्नका लागि यो बजेट निकै स्वागत योग्य रहेको उनको भनाइ छ ।

राजस्वको लक्ष्य प्राप्तिका लागि पनि उत्पादन वृद्धि आवश्यक रहेको उनले बताए ।

“‘राजस्व वृद्धिका लागि लगानी र उत्पादन हुन आवश्यक रहेको छ,” उनले भने । विदेशमा लगानी गर्ने कुराहरु पनि काम भइरहेको अवस्थामा निजी क्षेत्रमा उत्साह बढेको उनले उल्लेख गरे ।

औद्योगिक क्षेत्रको विकासका लागि बजेट सकारात्मक रहेको उनले बताए । भन्सारको विषयमा पनि ध्यान दिनु पर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

ऊर्जा क्षेत्र नेपालका लागि निकै महत्वपूर्ण क्षेत्र भएकोले यसमा ओभरसाइट भएको अवस्था रहेका कारण सरकारले सरकारले पनि सोच्नु पर्ने आवश्यकता रहेको उनले बताए । यो क्षेत्रलाई अघि बढाउन सहज खालको नीति आवश्यक रहेको उनको भनाइ छ ।