काठमाडौँ। अध्यक्ष चेम्बर अफ कर्मसका अध्यक्ष कमलेश कुमार अग्रवालले विषम परिस्थितिमा आएको आगामी आर्थिक बर्षको बजेट विकासमुख्य र केही महत्वकांक्षी भएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले शनिबार काठमाडौँमा आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले आगामी आवको बजेट लगानी प्रवद्र्धन गर्ने खालको आएको बताए । सूचना प्रविधि क्षेत्रलाई ध्यानमा राखिएकोमा उनले खुसी व्यक्त गरे ।
तीन प्रतिशत ब्याजमा युवालाई २० लाख रुपैयाँसम्म ऋण दिने नीति स्वागतयोग्य भएको उनले उल्लेख गरे । यो नीतिले विदेशीने युवाको संख्यामा कमी हुने विश्वास लिइएको उनको भनाइ छ ।
यस्तै, पर्यटन क्षेत्रका लागि पनि बजेट राम्रो देखिएको उनले बताए । त्यसमा हवाइ टिकटमा लाग्दै आएको कर हटाएको भए राम्रो हुने बताउँदै यसमा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
यस्तै, अन्तराष्ट्रिय मापदण्ड अनुसार नदि जन्य उत्खननका विषयहरु पनि आएकोले यसमा निकै सजग हुनुपर्ने उनको भनाइ छ ।
भारततर्फ निर्यातमा पनि निकै समस्या भइरहेको बताउँदै उनले यसमा पनि सुधार गर्न आवश्यक रहेको उनले बताए । यसैगरि राजश्वको स्रोतमा ध्यान दिन आवश्यक रहेकाे उनकाे भनाइ छ ।
ठुला राष्ट्रबाट आउने अनुदानहरुमा कमी आउने देखिदा अर्थतन्त्रमा असर गर्ने पनि उनले बताए ।
यस्तै, व्यवसायमा संकुचन भएको अवस्थामा पुनकर्जाका व्यवस्था गर्न आवश्यक रहेको बताउँदै उनले यसबारे मोद्रिक नीतिबाट सम्बोधन हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्