काठमाडौँ । कर्णाली विकास बैंकका तत्कालीन अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पक्राउ परेका छन् ।
बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेर फरार रहेका अध्यक्ष राय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हिजो रुपन्देहीबाट पक्राउ गरेको हो ।
सल्यान घर भएका राय नेपालगञ्ज उपमहानगरपालिका २० मा बस्दै आएका थिए ।
राय कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष र प्रमुख हुन् भने उनी पटक पटक अध्यक्ष रहेका थिए ।
कर्णाली विकास बैंकलाई अहिले नेपाल राष्ट्र बैंकले नियन्त्रणमा लिएको छ । व्यवस्थापनको लागि राष्ट्र बैंकले ३ सदस्यीय टोली कर्णाली विकास बैँकमा खटाएको छ ।
व्यवस्थापन कमिटीको संयोजक वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडा छन् भने सदस्यमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगलकिशोर कुशवाहा छन्।
प्रतिक्रिया दिनुहोस्