आइतबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोेला एक लाख ८८ हजार ५०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार ३०० रुपैयाँले बढेर एक लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।