सिरिया र साउदी अरेबियाबीच नाकाबन्दी पछिको पुनर्निर्माणबारे छलफल


सिरियाली विदेश मामिला प्रमुख असाद हसन अल–शिबानी र भ्रमणमा रहेका साउदी विदेशमन्त्री फैसल बिन फरहान अल साउदले शनिबार दमास्कस विरुद्धको अन्तर्राष्ट्रिय प्रतिवन्ध हटाइएपछि सिरियाको पुनर्निर्माणमा बढ्दो द्विपक्षीय सहयोगबारे छलफल गरेका छन् ।

सिरियाली नेता अहमद अल–शारा र विदेशमन्त्रीको नेतृत्वमा रहेको साउदी प्रतिनिधिमण्डलबिचको बैठकपछि संयुक्त पत्रकार सम्मेलनमा अल–शिबानीले मुक्तिको क्षणदेखि विशेष गरी अन्तर्राष्ट्रिय समुदायमा सिरियाको पुनः एकीकरणलाई समर्थन गर्ने र हालैका प्रतिवन्धहरू सहज पार्ने कार्यमा सहयोग गर्ने साउदी अरेबियाको समर्थनको लागि कृतज्ञता व्यक्त गरे ।

प्रतिवन्धहरू हटाउनु शुरुवात मात्र भएको बताए । अन्तरिम सिरियाली सरकारले बिजुली उत्पादनको लागि ग्यास आपूर्ति सुरक्षित गर्न अन्तर्राष्ट्रिय फर्महरूसँग सम्झौता गरिसकेको उल्लेख गर्दै जनताको लागि सेवाहरू सुधार गर्न गम्भीर कदम चालेको उल्लेख गरे ।