काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शनिवार रुपन्देहीबाट कर्णाली विकास बैंकका तत्कालीन अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पक्राउ गरेको छ ।
नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ । हिनामिनामा संलग्न रहेको भन्दै सिआईबी रायलाई पक्राउ गरेको हो ।
लाखौं निक्षेपकर्ताको निक्षेप हिनामिना गरेर फरारभएपछि रकम अपचलनमा संलग्नहरूलाई सिआइबीले उनीहरूलाई खोजिरहेको छ । हिनामिनामा संलग्न मुख्य ४ योजनाकार अझै पनि फरार छन् ।
कर्णाली विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावत, पूर्व सिइओ निरज विक्रम साह , पूर्व लेखा प्रमुख वेद प्रसाद ठकुरी र मान बहादुर चौधरी अझै पनि फरार छन् ।
रकम हिनामिनाको गर्न सङ्गठितरुपमा संलग्न रहेका थिए । रकम अपचलनमा संलग्न भएकाहरू कुनै न कुनै समयमा बैंकमा कर्मचारी रहेको देखिएको राष्ट्र बैंक स्रोतले बताएको छ ।
फरार रहेका चौधरीकी श्रीमती सिता बुढाथोकी बैंकको कार्यालय सहयोगीमा अहिले पनि कार्यरत छिन् । राष्ट्र बैंक स्रोतका अनुसार मुख्य योजनाकारहरु यी ४ जना भएपनि अन्य कर्मचारीहरु संलग्न देखिएको बताए ।
सो विकास बैंकले आफ्नो सम्पत्ति पनि बेचेर दायित्व पूर्ति गर्न नसक्ने देखिएको छ।
बैंकसँग २ अर्ब ५६ करोड ४७ लाख ५७ हजार रुपैयाँमात्र पुँजी तथा सम्पत्ति छ भने ५ अर्ब ३ करोड २५ लाख एक हजार रुपैयाँ तिर्नुपर्ने दायित्व छ। जसमा बैंकको आफ्नो सम्पत्तिबाट २ अर्ब ४६ करोड ७७ लाख ४४ हजार रुपैयाँ तिर्न नसक्ने देखिन्छ।
प्रतिक्रिया दिनुहोस्