मोही अभियान सञ्चालन गरेकोमा डेरी एसोसिएन सम्मानित


हेटौडा । दुग्ध क्षेत्रको सहायक उत्पादन मोही प्रवर्धनमा भूमिका खेलेकोमा नेपाल डेरी एसोसिएसन सम्मानित भएको छ ।

आइतवार मकवानपुरको हेटौडामा सम्पन्न विश्व दुध दिवसको मुल समारोहमा एसोसिएसनलाई सम्मान गरिएको हो ।

एसोसिएससनका अध्यक्ष प्रल्हाद दाहालसमेतका पदाधिकारी तथा सदस्यहरुले कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीबाट सम्मान ग्रहण गरेको छन् ।

एसोसिएसनको पहलमा करिव दुई वर्षयता मोही प्रवर्धनका कार्यक्रम सञ्चालन भइरहेका छन् । एसोसिएसनले हरेक शनिवार काठमाडौँस्थित दरवारमार्गमा रैथाने मेलामा मही मथेर निशुल्क मही सेवन गराउँदै आइरहेको छ ।

एसोसिएसनले चलाएको अभियानका कारण दर्जन बढी डेरी उद्योगले प्याकेजिङ गरेर मही ब्राण्डिङ नै सुरु गरिसकेका छन् भने सार्वजनिक सभासभारोहमा पनि महीको प्रचलन बढेको छ ।

“दुग्ध पदार्थको खपत बढाउन मही अभियान चलाएका हौँ, यसबाट निकै नै राम्रो प्रभाव त परेको छ नै आज संस्था विश्व दुध दिवसको अवसरमा यसै कारणले सम्मानित हुँदा निकै खुसी लागेको छ,” एसोसिएसनका अध्यक्ष दाहालले भने, “अभियानमा साथ दिने सबैमा धन्यवाद, हामी अभियान जारी नै राख्नेछौँ ।”