युक्रेनद्वारा रूसमा अहिलेसम्मकै ‘सबैभन्दा ठुलो र लामो दूरी’को ड्रोन आक्रमण


काठमाडौँ । युक्रेनले रूसका विभिन्न सैन्य हवाई अड्डाहरूलाई लक्षित गरेर आक्रमण गरेको छ ।

शान्ति वार्ता सुरु हुन अघि युक्रेनले रूसका विभिन्न क्षेत्रमा ड्रोन आक्रमण गरेको हो ।

रूसी रक्षा मन्त्रालयका अनुसार आइतवार युक्रेनले रूसका पाँच क्षेत्रहरूमा रहेका सैन्य हवाई अड्डाहरूलाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको हो । आक्रमणमा केही विमानहरू क्षतिग्रस्त भएका छन् ।

युक्रेनले रुससँगको युद्धमा अहिलेसम्मकै सबैभन्दा ठुलो र लामो दूरीको आक्रमण भनेको छ ।

तस्करीमार्फत भिœयाइएका ड्रोनहरू प्रयोग गरेर रूसका सैन्य हवाई अड्डाहरूमा रहेका ४० वटा रूसी युद्धविमानहरूमा ठुलो आक्रमण गरिएको बताइएको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनका छन्,“स्पाइडरको जाल नाम दिइएको यो अपरेशनमा युक्रेनी सुरक्षा निकाय एसबीयूले ११७ वटा ड्रोन प्रयोग गरेको थियो, जसले रूसका ३४५ रणनीतिक क्रुज मिसाइल बोक्ने विमानहरूमा प्रहार गरेको छ ।”
आक्रमणको तयारीमा डेढ वर्ष लागेको बीबीसीले बताएको छ ।

रूसले युक्रेनी आक्रमणहरूलाई पुष्टि गर्दै पाँच क्षेत्रहरूमा आक्रमण भएको र यसलाई ‘आतङ्कवादी कार्य’ भनेको छ ।

युक्रेनी अधिकारीहरूले पनि रातभरि आफ्ना भूभागमा व्यापक ड्रोन र मिसाइल आक्रमण भएको जनाएका छन् ।