सडकमा चलेनन् गाडी, सास्ती व्यहोर्दै यात्रु (फाेटाे फिचर)


काठमाडाैँ । यातायात व्यवसायीहरूको यातायात बन्दको घोषणासँगै काठमाडौँ उपत्यकामा आम नागरिकहरूले सास्ती व्यहोरेका छन् । 

आजदेखि यातायात व्यवसायीहरूले देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका थिए । सोमवार बिहानैदेखि सार्वजनिक यातायात सडकमा नदेखिएसँगै आम नागरिकको जनजीवन अस्तव्यस्त बनेको छ ।

‘सार्वजनिक यातायात बचाउ केन्द्रिय संघर्ष समिति’को आह्वानमा सोमवारदेखि देशभरका सार्वजनिक यातायात बन्द छन् । काठमाडौँ उपत्यकामा छिटपुटमात्रै यातायात चलेको देखिन्छ । यातायात ठप्प हुँदा आम नागरिकहरूको दैनिकी अस्तव्यस्त बनेको छ । फाेटाेः न्युज एजेन्सी नेपाल