काठमाडौँ ।काठमाडौँ उपत्यकामामा यात्रुहरूको सहजताका लागि नेपाल प्रहरीले दुई रुटमा निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ। सार्वजनिक यातायात व्यवसायीहरूले अनिश्चितकालीन बन्द घोषणा गरेपछि राजधानीमा यातायात ठप्प भएपछि यो सेवा सुरू गरिएको हो।
यो सेवा अन्तर्गत पहिलो रुट नयाँ बसपार्कबाट बालाजु, स्वयम्भू, कलंकी, सातदोबाटो, लगनखेल, जावलाखेल, माइतीघर, पुलचोक हुँदै पुनः नयाँ बसपार्कसम्म सञ्चालन हुँदैछ। दोस्रो रुट बालुवाटार, टिचिङ, चक्रपथ, सुकेधारा, चावहिल, ठिमी, कोटेश्वर, एअरपोर्ट, गौशाला, रातोपुल हुँदै चल्ने प्रहरी जनाएको छ ।
यता, ‘सार्वजनिक यातायात बचाउ केन्द्रिय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभर सार्वजनिक यातायात व्यवसायीहरूले अनिश्चितकालीन बन्द गरिदिएका छन्। यसका कारण काठमाडौँ उपत्यकामा आम नागरिकहरूको दैनिक आवागमनमा ठूलो समस्या देखिएको छ।
नेपाल प्रहरीले यात्रुहरूको दैनिकी सहज बनाउन र यातायात बन्दको बिचमा राहत स्वरूप यो निःशुल्क बस सेवा सञ्चालन गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्