विधि पुर्‍याउने नाममा बैंकले दु:ख दिएको अर्थसमिति सभापति चालिसेको आरोप


काठमाडौं । अर्थसमिति सभापति सन्तोष चालिसेले १४ प्रतिशतबाट सात प्रतिशतमा ब्याजदर झर्दा पनि बैंकमा कोही पनि पैसा लिन नजानु चिन्ताको विषय भएको बताएका छन्।

सोमवारको अर्थ समितिको बैठकमा बोल्द सभापति चालिसेले विधि पुर्‍याउने नाममा बैंकले समेत ऋण लिन जानेहरुलाई दुःख दिने गरेको आरोप लगाए।

बाफियासम्बन्धि विधेयकमा बोल्दै उनले काम गर्न चाहनेलाई क्षमताको आधारमा बैंकहरुले सहज रुपमा कर्जा दिने वातावरणा हुनुपर्ने भनाइ राखेका थिए । उनले भने, “साना उद्योगीहरुलाई ऋण दिनेबारे प्राथमकितामा राख्नुपर्छ । दूरदराजका मान्छेलाई काम गर्न खोज्नेलाई मात्रै घरजग्गाको मूल्यांकनका आधारमा होइन क्षमता र प्राकृतिक हिसावले दिनुपर्छ ।”

उनले अरू देशमा प्रमाणपत्रका आधारमा लोन दिइने प्रणालीजस्तै नेपालमा समेत त्यसबारे अब सोचिनुपर्छ ।