काठमाडौँ । नेपालमा विदेशी लगानी बढाउने उद्देश्यले नेपाल इम्प्याक्ट इन्भेस्टमेन्ट फोरम (एनआईआईएफ) २०२५ भोलिदेखि काठमाडौंमा सुरु हुँदैछ।
“नेपाल इम्प्याक्ट इन्भेस्टमेन्ट फोरम २०२५“ नेपलामा तेस्रो पटक हुन लागेको हो । पहिलो लगानी फोरममा ८ विकास वित्त संस्थाहरूका प्रतिनिधिहरू थिए भने दोस्रो लगानी फोरममा १४ विकास वित्त संस्थाहरू र प्रभावशाली लगानीकर्ताहरू थिए ।
यस वर्ष फोरममा १४ विकास वित्त संस्थाहरू र प्रभावशाली लगानीकर्ताहरूको उपस्थिती रहने जनाइएको छ ।
लगानी फोरमले नेपालमा विश्वव्यापी विकास वित्त संस्थाहरू र प्रभाव पार्ने लगानीकर्ताहरूलाई एकसाथ ल्याउन महत्वपूर्ण भुमिका खेल्ने उल्लेख गरिएको छ ।
आयोजकका अनुसार विदेशी लगानी परिदृश्यको आफ्नै मूल्याङ्कन गर्न, सरकार र नियामकहरूसँग अन्तरक्रिया गर्ने र सम्भावित लगानीकर्ताहरूसँग सम्बन्ध स्थापित गर्ने अवसर प्रदान गर्नेछ । यस वर्ष फोरममा वैकल्पिक लगानी उद्योग पनि समावेश गरिएको छ ।
यो कार्यक्रम इन्भेस्ट फर इम्प्याक्ट नेपाल द्वारा नेपाल बैंकर्स एसोसिएसन र नेपाल प्राइभेट इक्विटी एसोसिएसनसँगको साझेदारीमा आयोजना गरिएको हो ।
कार्यक्रम २०८२ जेठ २० गतेदेखि २२ गतेसम्म हुनेछ ।
प्रतिक्रिया दिनुहोस्