काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १.६० अंकले बढेर २६९४.६६ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ७ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ६ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
आजको दिन नेप्सेमा न्याग्दी ग्रुप पावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ८७ करोड ४७ लाख ३८ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको दिन नेप्सेमा ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको सेयरमा सकारात्मक सर्किट लगेको छ । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.४५ प्रतिशतले घटेको छ ।
कुल ३१४ कम्पनीको २ करोड २० लाख ३१ हजार ८६१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २२ करोड ६३ लाख २२ हजार ९३३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्