काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा तथा प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसदको कारबाही अघि बढ्न नदिने निर्णय गरेको छ ।
सोमवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी संसदीय दलको बैठकले उक्त निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनकाअनुसार मंगलवारको बैठकमा पनि जेठ १३ र १४ गतेकै भुमिकामा प्रस्तुत हुने समेत बैठकले निर्णय लिएको छ । कार्यवाहक प्रवक्ता झाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पद छोडेर अनुसन्धानमा सघाउनुपर्ने बताए ।
उनले परिवारको सदस्यले गरेको बद्मासीको जिम्मेवारी अभिभावकले लिने उल्लेख गर्दै उक्त प्रकरणबारे गृहमन्त्री स्वयंले नभई प्रधानमन्त्रीले जवाफ दिनुपर्ने समेत बताए ।
संसदको कारबाही अगाडि बढाउने र गृहमन्त्रीको राजीनामाबारे अन्य प्रतिपक्षी दलहरुसँग समेत सहकार्य गर्ने निर्णय भएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्