प्रतिनिधिसभाको बैठक २ बजेसम्मको लागि स्थगित


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक २ बजेका लागि सारिएको छ । विहान ११ बजे डाकिएको बैठक विषेश कारणबस बैठक निर्धारित समयमा बस्न नसक्ने भएकोले २ बजेका लागि सारिएको संघीय संसद सचिवालयले जनाएको छ ।

बैठक सञ्चालनको लागि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरिरहेको सचिवालयले जानकारी दिएको छ । विपक्षी दलले
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि संलग्न रहेको आरोप लगाउँदै पदबाट राजीनामा नदिएसम्म सदन चलाउन नदिने अडान राखेका छन् ।