स्याङ्जा । आर्थिक वर्ष २०८२/८३ का लागि स्याङ्जा जिल्लाका ११ ओटा स्थानीय तहले संघीय सरकारबाट कूल ४ अर्ब ७५ करोड ८१ लाख रुपैयाँ बराबरको अनुदान प्राप्त गरेका छन्।
अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको वित्तीय हस्तान्तरण विवरणअनुसार स्याङ्जाका ५ नगरपालिका र ६ गाउँपालिकालाई सो अनुदान विनियोजन गरिएको हो।
जिल्लास्थित नगरपालिकाहरूलाई कूल २ अर्ब ७९ करोड ८२ लाख र गाउँपालिकाहरूलाई १ अर्ब ९५ करोड ९९ लाख रुपैयाँ विनियोजन गरिएको छ।
नगरपालिका तर्फ सबैभन्दा धेरै अनुदान पुतलीबजार नगरपालिकाले पाएको छ। पालिकाले ७५ करोड १ लाख रुपैयाँ प्राप्त गरेको छ। त्यसपछि वालिङ नगरपालिकाले ६६ करोड ३३ लाख, गल्याङ नगरपालिकाले ५२ करोड १५ लाख, चापाकोट नगरपालिकाले ४३ करोड ९७ लाख र भीरकोट नगरपालिकाले ४२ करोड ३६ लाख रुपैयाँ प्राप्त गरेका छन्।
गाउँपालिका तर्फ सबैभन्दा धेरै रकम कालीगण्डकी गाउँपालिकाले पाएको छ। उसलाई ४१ करोड ४१ लाख रुपैयाँ विनियोजन गरिएको हो। त्यसपछि विरुवा गाउँपालिकाले ३४ करोड ३७ लाख, आँधिखोला गाउँपालिकाले ३३ करोड ७८ लाख, हरिनाश गाउँपालिकाले ३० करोड ३० लाख, अर्जुनचौपारी गाउँपालिकाले ३० करोड १२ लाख र फेदीखोला गाउँपालिकाले २६ करोड १ लाख रुपैयाँ प्राप्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्