नेप्सेमा ३५ अंकको गिरावट


काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ३५.०७ अंकले घटेर २६५९.५९ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य घटेको छ । मंगलबार राधी विद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६० करोड बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज नेप्सेमा ओम मेघाश्री फर्माक्युटिकल्स र पियोर इनर्जीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

कुल ३१५ कम्पनीको १ करोड ५५ लाख ३८ हजार ४ सय ७४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६७ करोड ९५ लाख बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।