काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्वविद्यालयहरुलाई नवप्रवर्तन केन्द्रका रुपमा विकास गर्न नसकेको बताएका छन् ।
मंगलवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले विश्वविद्यालयलाई रिसर्च सेन्टरका रुपमा प्रभाकारी बनाउन नसकिएको बताएका हुन् ।
उनले विश्वविद्यालयबाट गरिएका अध्ययनहरु व्यवहारिक जीवनमा प्रयोग नै हुन नसकेको उल्लेख गरे । कहिले कहीँ अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भयो भनेर गर्व गर्ने विषय मात्रै रहेको बताए ।
विश्वविद्यालयबाट हुने अध्ययनले उत्पादन, उत्पादकत्व वृद्धि, सेवा प्रवाह, मानवीय जीवनको सुगमता जस्ता कुराहरुमा सार्थक परिणाम दिन नसकेको गुनासो गरे ।
महासचिव पोखरेलले अहिलेको बजेटले उत्पादन, उत्पादकत्व वृद्धि, सेवा प्रवाह, मानवीय जीवनको सुगमतामा ध्यान दिएको बताए ।
प्रतिक्रिया दिनुहोस्