आइपिओ निष्काशनको लागि दरमखोला हाइड्रोले पायो बोर्डबाट अनुमति


काठमाडौँ । दरम खोला हाइड्रो इनर्जीलाई धितोपत्र बोर्डले आइपिओका लागि अनुमति दिएको छ ।

बोर्डले आज आइपिओ निष्काषनका लागि अनुमति दिएको हो । पछिल्लो समय हाइड्रो पावर आइपिओ निष्कशनका विषयमा विवाद हुँदै आएको थियो ।

कतिपय हाइड्रो पावर प्रवर्धकले आइपिओ निष्कासनका लागि बोर्डका अध्यक्षको नाम लिएर ५ देखि ७ प्रतिशत कमिसन मागिएको आरोप लगाएका थिए ।

यस विषयलाई लिएर स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल, ९इप्पान० र बोर्डबिच आरोप प्रत्यारोप समेत चलेको थियो ।

यो बिचमा बोर्डले ९० भन्दा कम नेटवर्थ भएका हाइड्रोसहित १४ ओटा कम्पनीलाई आपिओको पाइपलाइनबाट हटाएको थियो ।

बोर्डको तथ्याङ अनुसार अझै आइपिओको पाइपलानमा अझै ३६ वटा हाइड्रो कम्पनी छन जसमा १० ओटालाई नेटवर्थबारे विवरण अपेडट गर्न भनेको छ । ६ वटा कम्पनीलाई यसअघि पाइपलाइन लिष्टबाटै बोर्डले हटाएको थियो ।

विवादकै बिच दरमखोलाले आइपिओ निष्कासनका लागि अनुमति पाएको हो । दरम खोला हाइड्रोको सर्वसाधारणमा बिक्री गरिने १०० रूपैयाँ अङ्कित दरका ३९ करोड ५० लाख रूपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको छ ।

बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । दरम खोला हाइड्रो इनर्जी लिमिटेडले बाग्लुङ्गको गलकोट नगरपालिका वडा नंं।११ मा ९।६ मेगावाट क्षमताकोे जलबिद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ८० प्रतिशत कार्य सम्पन्न भईसकेको कम्पनीले जनाएको छ ।