काठमाडौँ । यातायात व्यवस्था विभागले अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सेवा केही दिनका लागि बन्द हुने जनाएको छ।
विभागका अनुसार स्मार्ट कार्ड प्रिन्टर मर्मत गर्नुपर्ने भएकाले जेठ २७ गतेदेखि २९ गतेसम्म (तीन दिन) अत्यावश्यक सवारी चालक अनुमतिपत्र छपाइ कार्य स्थगित रहनेछ।
विभागले सूचनामार्फत सेवाग्राहीहरूलाई समयमै निवेदन बुझाई अनुमति स्वीकृत भइसकेको सुनिश्चित गर्न अनुरोध गरेको छ। अत्यावश्यक सवारी चालक अनुमतिपत्र आवश्यक पर्ने सेवाग्राहीहरूले जेठ २५ गतेभित्र आवेदन दिएर अनुमोदन प्रक्रिया पूरा गर्न विभागले आग्रह गरेको हो।
विभागले सेवाग्राहीहरूलाई असुविधा भएकोमा क्षमायाचना गर्दै प्रिन्टर मर्मतपछिको नियमित सेवाबारे पछि जानकारी गराइने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्