संसदको गतिरोध खुलाउन दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख घिमिरे


काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अवरोध हटाउन दलका प्रमुख सचेतकसँग छलफल गरिरहेका छन ।

विपक्षी दलका प्रमुख सचेतकहरुसँग छुट्टै छलफलपछि सभामुख घिमिरे सत्ता पक्ष र विपक्षी दलका प्रमुख सचेतक र नेताहरुसँग छलफलमा रहेको संसद सचिवालयले जनाएको छ ।

कानुनमन्त्री अजय चौराशिया सहित छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन्।

भिजिट भिषा प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै गृहमन्त्री रमेश लेखले राजीनामा नदिएसम्म संसदको गतिरोध अन्य नहुने अडान विपक्षी दलले लिएका छन् ।

विपक्षी दलसँग सहमती नजुटेपछि हिजो पनि प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको थियो ।