काठमाडौँ । सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी थाइल्याण्डको राजधानी बैंककमा आयोजना हुने ‘ज्ह्याण्ड इन ह्याण्ड इन्भेष्टमेण्ट डायलग फर एशिया एण्ड द प्यासिफिक’ विषयक कार्यक्रममा सहभागी हुने भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री अधिकारीलाई २०८२ असार ४ गतेदेखि ६ गतेसम्म बैंककमा हुने उक्त कार्यक्रममा सहभागी हुन स्वीकृति दिने निर्णय गरेको हो।
कार्यक्रममा एशिया तथा प्रशान्त क्षेत्रका मुलुकहरूमाझ कृषि, पशुपालन तथा खाद्य सुरक्षासम्बन्धी लगानी र सहकार्यका विषयमा उच्चस्तरीय छलफल हुने बताइएको छ। नेपालले पनि कार्यक्रमको अवसरमा आफ्ना प्राथमिकता, सम्भावना र आवश्यकताबारे प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्