सरकारी ढुकुटीबाट मात्रै पूर्वाधार बनाउन गाह्रो छ, वित्त कोष बनाउँदैछौंः अर्थमन्त्री पौडेल


काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्वले मात्रै विकास निर्माणको आवश्यकता पूरा गर्न अहिलेको अवस्थामा सम्भव नरहेको बताउँदै सरकारले वैकल्पिक वित्त कोषको प्रवन्ध गर्न लागेको बताएका छन् । 

राजधानीमा भएको एक कार्यक्रममा उनले आगामी आर्थिक वर्षको बजेटले वैकल्पिक वित्त कोषको प्रबन्ध गरेको बताउँदै पूर्वाधार निर्माणमा देखिएको वित्तीय अभाव त्यसैबाट पूर्ति गरिने बताएका हुन् । उनकाअनुसार उपलब्ध स्रोतले विकास निर्माणको आवश्यकता पूरा गर्न अहिले कठिन छ ।

उनले राजस्वले पूर्वाधार निर्माण गर्नसक्ने सामथ्र्य बनाउनेगरी अघि बढ्न भने जरुरी रहेको बताए ।