काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक किरण पण्डितले पाएका छन् ।
राष्ट्र बैंकको भुक्तानी विभाग प्रमुख पण्डितले प्रवक्ताको समेत जिम्मेवारी पाएका हुन् ।
यसअघि प्रवक्ताको रूपमा कार्यकारी निर्देशक रामुु पौडेल थिए ।
गभर्नर बनेर आएपछि विश्वनाथ पौडेलले उच्च अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिरहेका छन् ।
उनले अघिल्ला प्रवक्ता पौडेललाई सुपरिवेक्षण विभागबाट मुद्रण विभागमा सरुवा गरेपछि पण्डितलाई आजैदेखि लागु हुने गरी प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
पण्डित विसं. २०६२ सालमा नेपाल राष्ट्र बैंकको सेवा प्रवेश गरेका हुन् ।
उनले बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतका महत्वपूर्ण विभागहरूमा कार्यानुभव प्राप्त गरेको राष्ट्र बैंकले जनाएको छ ।
पण्डितले नीति, कार्यक्रम तथा सार्वजनिक सराेकारका विषयहरू सार्वजनिक गर्न प्रवक्ताको भूमिकामा प्रभावकारी योगदान दिने राष्ट्र बैंकको अपेक्षा छ ।
प्रतिक्रिया दिनुहोस्