काठमाडौँ । अमेरिकाले १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्णप्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
सुरक्षा जोखिमका कारण भन्दै ट्रम्पले अफगानिस्तान, म्यानमार , चाड, इरान, लिबिया, सोमालिया, सुडान, गणतन्त्र कङ्गो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी र यमनका नागरिकहरूलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् ।
यात्रा प्रतिबन्धको निर्णय ९ जुनदेखि लागु हुने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । बुरुन्डी, क्युबा, लाओस, सिएरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूलाई आंशिक रुपमा प्रतिबन्ध लगाउने घोषणामा पनि राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेका छन् ।
अमेरिकी ग्रिनकार्ड भएका व्यक्तिहरु, ९ जुनभन्दा अघि नै भिसा लागिसकेका व्यक्तिहरू, केही निश्चित भिसा श्रेणीहरू र अमेरिकी राष्ट्रिय हितमा सेवा गर्ने व्यक्तिहरूलाई भने प्रतिबन्धको निर्णय लागु हुने छैन ।
प्रतिक्रिया दिनुहोस्