संसदको गतिरोध अन्त्यको लागि अधिकतम प्रयास गर्छौं : माओवादी केन्द्र


काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदको गतिरोध अन्त्यका लागि अधिकतम प्रयास गर्ने निर्णय गरेको छ ।

बिहीबार (आज) बिहान बसेको पदाधिकारी बैठकले गतिरोध अन्त्यका निकास निकाल्न अधिकतम जोड गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता अग्नि सापकोटाले बताउ ।

उनले भने। ‘हामी जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्नका लागि अधिकतम जोड रहने छ,’ संसदको गतिरोध अन्त्यका लागि सिर्जनात्मक, रचनात्मक ढंगले लाग्नेछौं ।’

खुमलटार स्रोतका अनुसार आजको बैठकमा गृहमन्त्री रमेश लेखकलाई बोल्न दिएर उनको जवाफ सुन्नुपर्ने पक्षमा नेताहरूले धारणा राखेपछि माओवादी केही लचक देखिएको छ ।

भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्छ भन्ने आफूहरुको मुख्य माग रहेको भन्दै सापकोटाले यसको लागि सरकारले कस्तो वातावारण बनाउँछन सोहीअनुसार अगाडी बढ्ने बताए ।

संसदको गतिरोध नहट्दा बजेटमाथिको छलफल सुरु हुन सकेको छैन ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत मुछिएको भन्दै उनको राजीनामा माग्दै नेकपा माओवादी केन्द्रसहितका प्रतिपक्ष दलहरुले संसद अवरुद्ध गर्दै आएका छन् ।